नेपाल पत्रकार महासंघ देहायका आन्दोलन घोषणा

 

मिति : २०८३।०८।०१

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएको, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासनलगायत, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासंघ देहायका आन्दोलन घोषणा गर्दछ ।

आन्दोलनका कार्यक्रम

२०८३ मंसिर २ गते – प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने ।

२०८३ मंसिर ५ गते – संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने ।

२०८३ मंसिर ५ र ६ गते – शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने ।

२०८३ मंसिर ७ गते – सबै जिल्ला शाखाले सञ्चारसम्वद्ध संघसंगठनसँग छलफल गर्ने ।

२०८३ मंसिर ९ गते – जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामुहिक गिरफ्‌तार गर’ भन्ने व्यानरसहित भेला हुने ।

माग पूरा नभए थप आन्दोलन तय गर्ने ।

रामप्रसाद दाहाल

महासचिव