कान्तिपुर मिडिया ग्रुपले नेपाल पत्रकार महासंघ विरुद्ध प्रकाशित प्रसारित समाचार बारेमा महासंघकाे प्रेस काउन्सिलमा उजुरी

कान्तिपुर मिडिया ग्रुपले नेपाल पत्रकार महासंघ विरुद्ध प्रकाशित प्रसारित समाचार बारेमा महासंघकाे प्रेस काउन्सिलमा उजुरी



२०८० कार्तिक २२

 

कार्त्तिक २२, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसका विरुद्ध उत्रिएको बताउनुभयो ।

महांघमा आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘कान्तिपुरले हिजो विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भयो तर कान्तिपुरले कानुन मान्नुपर्छ कि पर्दैन ? अरुका विषयमा प्रश्न उठाउनेले आफ्नो संस्थामा देखिएका श्रम समस्या हल गर्नुपर्छ कि पर्दै ? हाम्रो प्रश्न यही हो । श्रमजीवी पत्रकार ऐन नेपालमा पत्रकार महासंघले गरेको ठुलो लडाइ पछि आएको कानुन हो । त्यसको कार्यान्वयन गर्नु सरोकारवालाहरुको दायित्व हुन्छ, त्यो कार्यान्वयन गर भनेर हामीले कान्तिपुरलाई भनेको हौं ।’ 

अध्यक्ष पोख्रेलले पटकपटक मौखिक लिखित रुपमा भन्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताउन्ुभयो । उहाँले यो आन्दोलन श्रम अधिकार, न्यायका र सत्यको आन्दोलन भएको भन्दै उत्तेजित नभइ न्याय प्रप्तिनहँुदासम्म जारी रहने बताउनुभयो । 
उहाँले कान्तिपुर विरुद्ध जारी आन्दोलनका नागरिक समाज तथा संघसंस्थाको ऐक्यवद्धता रहेको भन्दै कान्तिपुरले आफ्नो विश्वासनीयता खस्किनेगरी लाञ्छना लगाउदै अघि बढे उसैलाई घाटा हुने समेत बताउनुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्काशन गरेपछि महासंघको केन्द्रीय समितिको निर्णय अनुसार पटकपटक त्यसो नगर्न, कानुनको पालना गर्न आग्रह गर्दा नमानेका कारण श्रमजीवी पत्रकारको सेवासुविधा सहित अधिकार प्रप्तिका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

 उहाँले भन्नुभयो ‘संविधानले व्यवस्था गरेको शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने, जानकारी गराउन पाउने संवैधानिक हक प्रयोग गर्दाखेरी अत्यन्तै आपत्तिजन ढंगले विज्ञप्तिको हबला दिएर समाचार मार्फत पत्रकार महासंघको छविलाई धुमिल बनाउने, महासंघको लामो इतिहासलाई लाञ्छित गराउने र श्रम अधिकारको पक्षमा कृयाशिल संस्थालाई भ्रमित बनाउने र विषयान्तर गर्ने कान्तिपुर मिडिया ग्रुपको उदेश्य देखियो ।’ ‘हामी यो कुरालाई खण्डन गर्न चाहान्छौ । ’  उहाँले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिनुभयो । 

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरले कानुन पालना गर्न बाध्यहुने स्थिति आन्दोलनले बनाउने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार संघ, नेपाल अन्त्यसम्म महासंघसँगसँगै आन्दोलनमा रहने बताउनुभयो ।

समाजबादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुभयो ।
यस्तै, कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी सहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीए अधिकृत झबिन्द्र भुसाललाई भेटेर उजुरी पत्र हस्तान्तरण गरेको हो । 

प्रमुख प्रशासकीए अधिकृत भुसालले महासंघले नै पत्रकार आचारसंहिता उल्लङघन भएको भन्दै उजुरी दिनु गम्भीर विषय भएको भन्दै आजैदेखि छानबिन थाल्ने बताउनुभयो ।