नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आर्थिक राहत वितरण

नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आर्थिक राहत वितरण



२०८० पौष ०५

पुस ५, काठमाडौं । नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आर्थिक राहत वितरण गरेको छ । 
भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमका प्रभावित नागरिक, सञ्चारकर्मी र सञ्चारसंस्थाको पछिल्लो अवस्थाका बारेमा स्थलगत अध्ययनका लागि पुस ३ र ४ गते पुगेको महासंघको प्रतिनिधिमण्डलले उक्त राहत वितरण गरेको हो । 
महासंघको आह्वानमा प्राप्त रकम र त्यसमा थपगरी महासंघ जाजरकोट र रुकुम पश्चिम शाखालाई चार चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको टोलीले महासंघ जिल्ला शाखासहित नागरिक समाजका प्रतिनिधिसंग छलफल समेत गरेको छ । 
महासंघले स्थलगत अध्ययनको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने महासचिव रोसन पुरीले बताउनुभयो ।