पत्रकारको टोली चीन भ्रमण सकेर स्वदेश फिर्ता

पत्रकारको टोली चीन भ्रमण सकेर स्वदेश फिर्ता



२०७५ भाद्र ०६

भदौं ६ , काठमाडौं । अखिल चीन पत्रकार संघको निमन्त्रणामा चीन भ्रमणमा रहेको नेपाली पत्रकारको टोली चीनको सातदीने भ्रमण सफलतापूर्वक सम्पन्नगरि आज बुधबार स्वदेश फिर्ता भएको छ ।
चीन भ्रमणमा रहदा टोलीले वेईजिङस्थिचत अखिल चीन पत्रकार संघकी महासचिव वाङ तुङ मे संग भेटवार्ता गरेको छ ।


महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा गएको टोलिले भ्रमणमा रहदा बेइजिङस्थित चाइना अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) को कार्यालय अवलोकन गरेको छ । उक्त टोलीले सोमबार बिहान सीआरआईको मुख्यालय अवलोकन गरेको हो ।


बिष्टले नेतृत्व गरेको नेपाली पत्रकारहरुको टोलीमा टोलिमा महासंघका महासचिव विष्ट सहित महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, लेखा समिति सदस्य भुपेन्द्र आचार्य, पूर्व केन्द्रीय सदस्य हरि लम्साल , केन्द्रीय सभासदद्वय दामोदरप्रसाद दवाडी र ओमबन्दु कार्की रहनुभएको थियो ।
सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै टोलीका नेता विष्टले चीनको अभूतपूर्व विकास र प्रगतिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बिचार व्यक्त गर्नुभयो । चीनको सामाजिक तथा आर्थिक बिकासबाट विश्वले फाइदा लिएको भन्दै चीनले घनिभूत रुपमा सफल बनाएको गरिबी निवारणको अनुभव नेपालका लागि निकै काम लाग्ने विष्टले औल्याउनुभयो । 
टोलीले मुख्यालयको दोस्रो तलामा रहेको संग्रहालयको अवलोकन गर्दै नेपाल पत्रकार महासंघको अग्रसरतामा नेपालमा पनि पुराना संचार सामग्री संकलन गरेर संग्रहालय खोल्न सकिने बिष्टले बताउनुभयो ।
नेपाली पत्रकारको टोलीले यस अगाडि छोङचिङको भ्रमण गरी त्यहाँ भइरहेको गरिबी निवारणको बारेमा अवलोकन गरेको थियो ।