महासंघद्वारा आज देशभर ज्ञापनपत्र बुझाएको छ

महासंघद्वारा आज देशभर ज्ञापनपत्र बुझाएको छ



२०७५ भाद्र २०

 मिति ः २०७५।०५।२०

यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही बुँदाहरु तत्काल संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघले आज देशभर ज्ञापनपत्र बुझाएको छ । ऐनमा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाएको हो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गरेको प्रतिनिधिमण्डलले केन्द्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ज्ञापनपत्र बुझायो भने महासंघका प्रदेश र जिल्ला अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । 
 

 डाउनलोड गर्नुहोस्