मिति : २०८३/०६/०२
नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
सम्पर्कविहीन नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्ततपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराइने छ ।
त्यस्तै परिवार तथा घरवास समेत गुमाउनु भएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने छ ।
अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासंघका सम्बन्धित जिल्ला शाखा मार्फत प्राप्त हुने क्षतिको तथ्याङ्क विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोही अनुसार सहायता वितरण गरिने छ ।
यस्तै सहायतामा सहभागी हुन चाहानुहुने महासंघका सदस्यहरुलाई पत्रकार महासंघको विपत् कोषमा सहयोग रकम जम्मा गर्न हुन महासंघ आग्रह गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव