नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव मुकेशकुमार यादवलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध

 

मितिः २०८३।०६।०५

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव मुकेशकुमार यादवलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ । ७१ वर्षीय उहाँकी पूज्य पिता दुःखी यादवको असोज ५ गते बिहान निधन भएको महासंघको सिरहा शाखाले जनाएको छ ।

गोलबजार–१० निवासी स्वर्गीय यादवको लामो समयदेखि मिर्गौला रोगको उपचार भइरहेको शाखाले बताएको छ ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा मुकेशसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव