महासंघको ६३औं स्थापना दिवसलाई विविध कार्यक्रम सहित मनाउने निर्णय


मिति :२०७४।१२।०९ 


नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले महासंघको ६३औं स्थापना दिवसलाई विविध कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । 
अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले ६३औं स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा सचिवहरू रामप्रसाद दाहाल, प्रकाश थापा, शीतल महतो, लक्ष्मी पुन, रेम विश्वकर्मा र उदय जीएम रहेको समिति गठन गरेको छ ।
स्थापना दिवसका अवसरमा महासंघले चैत १६ गते महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्नुका साथै केन्द्रीय कार्यालयमा रक्तदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरुलाई २०७४ चैत १६ गते रचनात्मक कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन आह्वान गरिएको छ ।
       

प्रकाश थापा
    सचिव

 डाउनलोड गर्नुहोस्