राष्ट्रिय समाचार समितिका उप–समाचारदाता पूर्णप्रसाद मिश्रमाथि भएको दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण

मिति : २०७५/२/३


राष्ट्रिय समाचार समितिका उप–समाचारदाता पूर्णप्रसाद मिश्रमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
आज दिउँसो करिब २ बजेर १५ मिनेटमा गोठाटारस्थित बागमती पुल नजिकै भइरहेको बागमती सौन्दर्यीकरणको फोटो खिच्ने क्रममा निर्माण कार्यको फोटो खिच्ने अनुमति कसले दियो भन्दै पत्रकार मिश्रमाथि दुव्र्यवहार गरिएको थियो ।
आफूलाई कालिका कन्स्ट्रक्सनको मान्छे भन्दै पाँच÷सातजनाको संख्यामा रहेको उक्त समूहले उहाँको परिचयपत्र केहीबेर नियन्त्रणमा लिनुका साथै पत्रकार मिश्रको फोटो खिचेर छोडेका थिए ।
जनतालाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारलाई पेशागत दुरुत्साहन गर्नु प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण भएको महासंघको ठहर छ । घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग महासंघ माग गर्दछ ।

 

प्रकाश थापा
कार्यबाहक महासचिव 

 डाउनलोड गर्नुहोस्