सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप महासंघको ध्यानाकर्षण

मिति : २०७५।०३।१२

नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय, विधिको शासन र प्रेस स्वतन्त्रताप्रति सधै प्रतिवद्ध रहँदै आएको छ । केही दिनयता समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप र टिकाटिप्पणीहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ आमसञ्चारकर्मी साथीहरूलाई सञ्चारमाध्यममा समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको ख्याल गर्दै जिम्मेवार बन्न अपिल गर्दछ । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा सामाजिक सदभावप्रति सजग बन्दै पेशागत मर्यादामा ध्यान पु¥याउन आग्रह गर्दछ । सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्रीकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्ने तथा हिरासतमा राख्ने जस्ता कार्य प्रेस स्वतन्त्रताविरुद्धको कार्य हो भन्ने महासंघको ठहर छ । सञ्चारमाध्यममा प्रकाशितरप्रसारित सामग्रीमा चित्त नबुझे अदालत वा प्रेस काउन्सिल समक्ष उजुरी गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ । साथै, प्रेस स्वतन्त्रता, पत्रकारको व्यावसायिक र पेशागत सुरक्षा एवं कर्तव्यप्रति सचेत र जिम्मेवार बन्नसमेत सबै सरोकारवाला निकायलाई महासंघ ध्यानाकर्षण गराउँदछ ।


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्