पूर्वमहासचिव उजिर मगरकाे दुर्घटनाकाे खवरले महासंघ दुःखी

मितिः२०७५/४/३

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगर दुर्घटानमा परी गम्भीर घाइते भएको खवरले नेपाल पत्रकार महासंघ दुःखी भएको छ । बाग्लुङ सदरमुकामबाट बुतिवाङ जाँदै गरेको जिप साउन २ गते साँझ ६ः ०० गलकोट नगरपालिका–९ रिघामा पल्टदा जिपमा सवार पूर्वमहासचिव मगरसहित १४ जना यात्रु घाइते भएका थिए । दुर्घटनामा पूर्वमहासचिव मगरको देब्रे हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते पूर्वमहासचिव मगरको गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचारपश्चात अहिले काठमाडौं ल्याई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल पत्रकार महासंघ घाइते पूर्वमहासचिव मगरसहित दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, घाइते सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
    
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्