पत्रकारमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहार र कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मितिः२०७५/०४/०३

जुम्लामा अनसनरत डा. गोविन्द के. सी. को अनसनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहार र कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आज दिउँसो डा. केसीलाई सरकारद्वारा जुम्लाबाट काठमाडौं ल्याउने क्रममा भएको आन्दोलनको समाचार संकलनका क्रममा सुरक्षाकर्मीको पिटाइबाट कान्तिपुरका सम्वाददता एलपी देवकोटाको ढाड र खुट्टमा चोट लागेको थियो भने एपीवान टेलिभिजनका सम्वाददाता प्रकाश उपाध्यायको ढाडमा चोट लागेको छ । समाचार संकलनका क्रममा सुरक्षाकर्मीले पत्रकारको सञ्चार सामग्री खोस्ने, उनीहरुलाई धकेल्ने र दुव्र्यवहार गर्ने समेत काम भएको थियो ।
नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि सुरक्षाका नाममा सुरक्षाकर्मीबाट भएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । पत्रकारको पेशागत स्वतन्त्रतालाई हतोत्साहित बनाउने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरी पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन स्थानिय प्रशासनसँग माग गर्दछ ।
साथै, चिकित्सा क्षेत्रको सुधारको माग राख्दै विगत १९ दिनदेखि अनसनरत डा. गोविन्द के.सी.को जायज माग पूरा गरी उहाँको जीवन रक्षा गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँद छ ।
यसैबीच समय सन्दर्भ मासिक पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर उक्त मासिकका सम्पादक डिल्लीराम भट्टराईमाथि बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटल प्रा. लि. का सञ्चालकहरूबाट गरिएको कुटपिट र क्यामेरा तोडफोडको घटनाको महासंघ भत्र्सना गर्दछ । र, घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्