प्रहरीकाे पत्रकारमाथि अन्नाधुन्न आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७५।०४।०५

स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्नाधुन्न आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

आज दिउँसो सरकारको विरोध गर्दै नेपाल तरुण दलले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि प्रहरीले लाठी, ढुंगा प्रहारका साथै कुटपिटसमेत गरेको थिए । प्रहरीको आक्रमणबाट हाम्रा कुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएका छन् । प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारहरुको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ ।

स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यो घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ । महासंघ प्रहरीद्वारा प्रेसमाथि गरिएको यो  ज्यादतीको कडा भत्र्सना गर्दछ । प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्