पत्रकारलाइ नगरपालिकाका प्रमुखकाे धम्कीप्रति महासंघको गम्भीर ध्यानाकर्षण ।

मिति : २०७५।०४।०६

नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सहसचिव विदुर कटुवाललाई समाचारको विषयलाई लिएर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीलगायतले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार कटुवाललाई समाचार लेखेको निहुँमा प्रमुख चौधरीसहित उपप्रमुख देवीकुमारी चौधरी र प्रदेशसभा सदस्य सुनिता चौधरीले धम्की दिएका थिए । प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा जनप्रतिनिधिबाट भएको यस्तो कार्य प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ यस्तो कार्यको घोर भत्र्सना गर्दछ । प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहो¥याउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्