महासंघकाे पत्रकार र सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा गम्भिर हुन आग्रह

मिति : २०७५४/२९
 

नेपाल पत्रकार महासंघको लुम्बिनीमा सम्पन्न चौथो पूर्ण बैठकका सम्बन्धमा केहि सञ्चार माध्यममा आएका गलत समाचारप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघको लुम्बिनी बैठकमा जाँदा अध्यक्ष सहित केहि पदाधिकारीले हेलिकोप्टर प्रयोग गरेको भनी केहि सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दछ । महासंघको बैठक र निर्णयहरुका बारेमा समेत गलत र भ्रामक समाचार प्रकाशित भएकोमा महासंघ आधारहीन समाचारको खण्डन गर्दछ । केही सञ्चारमाध्यममा महासंघका पदाधिकारीप्रति आक्षेप लगाउँदै सम्प्रेषित समाचारले महासंघ र पदाधिकारीको प्रतिष्ठामा आघात पुगेको छ । महासंघ आर्थिक मितव्ययिता र पारदर्शिताप्रति सधै प्रतिबद्घ रहेकाले कपोलकल्पीत र भ्रामक समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छ । 
सिंगो नेपाली पत्रकारिता जगतको छाता संस्थाप्रति तथ्यहीन आक्षेप लगाएर महासंघको गरिमामा आघात पु¥याउने काम कहिंकतैबाट नहोस् भनी सचेत गराउन चाहन्छ । साथै, महासंघ सबै पत्रकार र सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा गम्भिर हुन आग्रह गर्दछ । प्रकाशित समाचारका विषयमा आचारसंहिता पालना भए÷नभएको प्रेस काउन्सिलबाट छानविन भई आवश्यक कारबाही हुनेमा महासंघ विश्वास राख्दछ । 


रमेश विष्ट 
महासचिव   

 डाउनलोड गर्नुहोस्