वरिष्ठ पत्रकार न्यौपानेको निधनले महासंघ स्तब्ध

 

मिति : २०७५।०५।०८
गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि उच्च रक्तचापबाट पीडित न्यौपानेको भाद्र ५ राति सुतिरहेको अवस्थामा काठमाडौंको लैनचौरस्थित निवासमा निधन भएको हो । स्वर्गीय न्यौपानेका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

विगत पाँच दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने २०५१ सालदेखि जनसत्ता साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत हुनुहुन्थयो । उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक निर्भीक, कुशल र अनुभवी पत्रकार गुमाएको छ । नेपाल पत्रकार महासंघले यस घटनालाई नेपाली पत्रकारितता क्षेत्रको अपुरणीय क्षतिको रुपमा लिएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय न्यौपानेप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्