पत्रकार पक्राउको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७५।०५।१९

न्यूज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई समाचार लेखेको विषयमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उदयपुरका पत्रकार कुँवरले पछिल्लो समय उदयपुरको बेलका नगरपालिकामा भएको अनियमितता र केही गलत कार्यलाई अनलाइन र सामाजिक सञ्जालमार्फत् उठाउँदै आएका थिए । सोही विषयलाई लिएर पत्रकार कुँवरलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

समाचार लेखेको वा सामाजिक सञ्जालमा उठान गरेका विषयप्रति आपत्ति रहे त्यसको कानुनी उपचारका अन्य मार्ग हुँदाहुँदै प्रहरीले कार्यकक्षबाटै पत्रकारलाई पक्राउ गरिएको यो घटना संविधानविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दछ । र, प्रेसलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

पक्राउ परेका पत्रकारद्घयलाई नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आजै साँझ रिहा गरिएको छ ।

 

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्