जनप्रतिनिधिद्वारा पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

मिति :२०७५/५/२४

जनप्रतिनिधिद्वारा पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
नेपाल पत्रकार महासंघ चितवन शाखा सदस्य तथा जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीलाई भदौ २२ गते नवलपुर जिल्ला गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, वडा नं १८ का अध्यक्ष तिलबहादुर चितौरे त्यसैगरि नगर कार्यपालिका सदस्यहरु सुकबहादुर दराई, संगिता घिमिरे, कान्तीमाया पुरी, कुमारी रेखा शर्मा लगायतको समुहले आक्रमण गरेका छन् । उक्त समुहले पत्रकारको साथमा रहेको मोबाइल तथा डायरी समेत लगेका छन् । 
पत्रकार गोर्खालीका अनुुसार जनप्रतिनिधिले दोहोरो सुविधा नपाउने कानुन कार्यान्वयनयको अवस्थाबारे समाचार संलन गर्न त्यहा पुगेका बेला बैठकमा होहल्ला गरिरहेका जनप्रतिनिधिले आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार गोर्खालीको गर्धन, ढाड लगायतका स्थानमा चोटपटक लागेको छ । 
जनताको सुसूचित हुने अधिकारमा घटिएका पत्रकारमाथि जनप्रतिनिधिबाटै आक्रमण हुनु लोकतन्त्रकै उपहास भएको महासंघको ठहर छ । महासंघ घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कारबाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धीत पक्षसंग माग गर्दछ । 


    रमेश विष्ट
    महासचिव 

 डाउनलोड गर्नुहोस्