भाद्र ३१ गतेबाट दोस्रो चरणको दबाबमूलक अभियान

मिति : २०७५।०५।२५
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक केन्द्रीय कार्यालय सञ्चारग्राममा बस्यो । बैठकले भाद्र १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान सच्चाउन माग गरेको छ ।

बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने किसिमका प्रावधान सच्चाउन माग गर्दै सञ्चालन गरेको पहिलो चरणको दबाबमूलक अभियानको समीक्षा गर्दै भाद्र ३१ गतेबाट दोस्रो चरणको दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महासंघले संहितामा भएका प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने भएकाले संहिता संशोधन नभएसम्म दबाबमूलक अभियान जारी राख्ने निष्कर्ष निकाल्दै सञ्चार सम्वद्ध संघ, संगठन, पेशागत संगठनहरु, सञ्चारगृह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई दबाबमूलक अभियानमा समेट्दै अघि बढ्ने निर्णय गरेको छ ।

बैठकले सबै पत्रकार, नागरिक समाज, पेशाकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई दबाबमलक अभियानमा साथ र सहयोग पु¥याउन अपिलसमेत गरेको छ ।

...................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्