सुशासन समिति बैठकको समाचार संकलनमा निषेध गरिएको प्रति महासंघको ध्यानाकर्षण

मिति  : २०७५।०६।१६

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको समाचार संकलनमा पत्रकारलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
असोज १५ गते भएको समितिको बैठकमा राज्यको महत्वपूर्ण विषयमा हुने छलफलमा सञ्चारजगत्को प्रवेश राम्रो नहुने भन्दै समितिकी सभापति शशी श्रेष्ठले पत्रकारलाई समाचार संकलनमा निषेध गर्नुभएको थियो ।
नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ राज्यको जिम्मेवार व्यक्तित्वबाट भएको यस्तो कार्यको कडा भत्र्सना गर्दछ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई संवैधानिक स्वतन्त्रताको सुनिश्चितता प्रदान गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्