२५ प्रतिशतमात्र न्यूनतम पारिश्रमिक वृद्धि गरेकोप्रति महासंघको ध्यानाकर्षण

रकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न सिफारिस गरेकोमा यस विपरित २५ प्रतिशतमात्र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार पाँच सय बनाउन गरेको सिफारिसलाई लत्याउँदै २४ हजार पाँच सयमात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दुःख प्रकट गर्दछ । महासंघ समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार पाँच सय कायम गर्न सरकारसँग जोडदार माग गर्दछ ।
साथै, केही सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महान चाड विजया दशमी अगावै श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न गराउन महासंघ सञ्चारमाध्यम र सरकारलाई आग्रह गर्दछ । श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमविरुद्ध महासंघ कठोर ढंगबाट प्रस्तुत हुन बाध्य हुने पनि स्पष्ट गर्न चाहन्छौं । 

    ...............
    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्