स्वर्गीय ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली

मिति :२०७५।०६।२८

नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेसनका संस्थापक अध्यक्ष अग्रज सञ्चार उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा निधन भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल ह्दय केन्द्रमा उपचारका लागि लगिएका ज्ञवालीको उपचारकै क्रममा हिजो साँझ निधन भएको हो । २०४६ को राजनीतिक परिवर्तनपछि कान्तिपुर पत्रिकाको प्रकाशन सुरु गरी ज्ञवालीले नेपालमा व्यावसायिक पत्रकारिताको थालनी गर्नुभएको थियो । २०६२÷०६३ को जनआन्दोलनपछि नेपाल रिपब्लिक मिडिया स्थापना गरी सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पु¥याउनु भएका ज्ञवालीका दर्जन बढी कृति प्रकाशित भएका छन् । स्वर्गीय ज्ञवालीका श्रीमती र तीन छोरा हुनुहुन्छ । नेपालको व्यावसायिक पत्रकारिताका लागि अतुलनीय भूमिका निर्वाह गर्नु भएका ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियन्तालाई गुमाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । नेपाल पत्रकार महासंघ स्वर्गीय ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोरासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।

 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्