स्वर्गीय पत्रकार हुमागाई र जमालप्रति हार्दिक श्रद्धाञ्जली

मिति : २०७५/७/५


नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक, तथा प्रगतिशिल लेखक रामचन्द्र हुमागाईको निधनप्रति नेपाल पत्रकार महासंघ दुःखी भएको छ । पैसठ्ठी बर्षका पत्रकार हुमागाई विगत चार बर्षदेखि कलेजो रोगबाट पीडित भई उपचारका क्रममा आइतबार दिउसो सानेपा स्थित जेष्ठ नागरिक केयर होममा निधन भएको हो । 
काठमाडौंको घट्टेकुलो स्थायी बसोवास भएका पत्रकार हुमागाई करिब सैतिस बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । पत्रकार हुमागाइको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय पत्रकार हुमागाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गर्दछ ।
यसैगरि साउदी पत्रकार जमाल खासोगीको टर्किको इस्तानबुलमा भएको हत्याको नेपाल पत्रकार महासंघ भत्र्सना गर्दै पत्रकार खासोगीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।  महासंघले उक्त हत्याको भत्र्सना गर्दै नेपालस्थित साउदी राजदुतावासलाई हत्याको छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ स्वर्गीय पत्रकार खासोगिको परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ । 


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्