पत्रकार खासोग्जीको हत्याकाे विरोधमा महासंघकाे काठमाडौंस्थित साउदी राजदूतावासमा विरोधपत्र

मिति : २०७५।०७।०६

साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेवियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।
अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि वेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिव दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।
नेपाल पत्रकार महासंघले खासोग्जीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित नेपालस्थित साउदी राजदुतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।  
पत्रकार खासोग्जीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघ ऐक्यवद्धता प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

   रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्