पत्रकारलाइ जनप्रतिनिधिकाे धम्कीप्रति महासंघकाे ध्यानाकर्षण

मिति :२०७५।०७।०९


नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष एवं लोकल सन्देश डटकमका प्रधानसम्पादक सुजन तिम्सिनालाई इलामस्थित सूर्योदय नगरपालिका–३ का वडा अध्यक्ष होम कार्कीले धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ इलाम शाखाका अनुसार अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर कात्तिक २ गते पत्रकार तिम्सिनालाई वडा अध्यक्ष कार्कीले ‘म पनि सूर्योदयकै बासिन्दा हुँ, मेरो बारेमा समाचार किन लेखेको’ भन्दै फोनबाट धम्क्याएका थिए ।

समाचारप्रति चित्त नबुझेमा अपनाउनुपर्ने उपचारका अन्य विकल्पलाई छाडेर सार्वजनिक पदमा बसेका जिम्मेवार व्यक्तिबाट पत्रकरलाई धम्की दिनु आफैंमा निन्दनीय र खेदजनक कार्य हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्