टेलिभिजनको कार्यालयमा चोरी भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति ः २०७५।०८।२४


नवलपरासीस्थित देवचुली टेलिभिजनको कार्यालयमा चोरी भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
 

नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य तथा उक्त टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक केबी रानाका अनुसार मंसिर २२ गते राति दुई थान ल्यापटप, एक थान भिडियो क्यामरा, दुई थान मोबाईल, एक लाख २५ हजार नगद, बैकको चेक बुकलगायत अत्यन्त महत्वपूर्ण कागजातहरु चोरी भएको थियो । 

महासंघ घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कडा कारबाही गर्न, चोरिएका सामग्री फिर्ता गराउन तथा सञ्चारमाध्यमको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ ।


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्