फोटो पत्रकार पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।०८।२७
समाचार संकलनका क्रममा प्रहरीले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई आज पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको थियो ।

स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रहरीबाट भएको यस्ता कार्यको घोर भत्र्सना गर्दछ । यस्ता घटना नदोहोर्याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रमेश विष्ट
महासचिव