पत्रकारलाई प्रहरीले गरेकाे अभद्र व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।०९।१२

समाचार संकलनका क्रममा रहेका पत्रकारहरु प्रदेश टुडे दैनिकका प्रियास्मृती गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेको नेतृत्वमा रहेको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उनीहरुले खिचेको फोटो मेटाइदिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पुस ८ गते कञ्चनपुरबाट ६ वटा ट्रकमा झापातर्फ गोरु लाँदै गर्दा हिन्दु जागरणका कार्यकर्ताले अवरोध गरेको समाचार संकलनका लागि लठ्ठहवा भन्ने स्थानमा पुगेका पत्रकारलाई प्रहरी टोलीले समाचार संकलनमा अवरोध गरी अभद्र व्यवहार गर्नुका साथै उनीहरुले समाचार संकलनका क्रममा खिचेको फोटोसमेत मेटाइदिएका थिए ।

समाचार संकलन र संप्रेषण गर्ने पत्रकारको संवैधानिक अधिकारलाई बिर्सेर प्रहरीको जिम्मेवार व्यक्तिको नेतृत्वमा रहेको टोलीले समाचार संकलनमा अवरोध सिर्जना गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु र समाचार सामग्री मेटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यस्तो ज्यादतीप्रति घोर निन्दा गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गरी यस्ता घटना नदो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

.................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्