युवा पत्रकार पाैडेलकाे असामयिक निधनले महासंघ स्तब्ध

२०७५ पौष १३ गते 

 एपीवान टेलिभिजनका चितवन सम्वाददाता प्रवीण पौडेलको ट्रकको ठक्करबाट असामयिक निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । 

आज दिउँसो हात्ती महोत्सवको समाचार संकलनका क्रममा सौरहा जाँदै गर्दा पत्रकार पौडेल चढेको बा. ६१ प ९२१ नम्बरको स्कुटरलाई  रत्ननगर नगरपालिका वडा नम्वर १० को निपनीमा ना. २ ख २१६६ नम्वरको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका पौडेलको भरतपुर अस्पतालमा निधन भएको हो ।  

नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

 

प्रकाश थापा

सचिव

 डाउनलोड गर्नुहोस्