पत्रकारलाई हातपात र दुर्व्यवहार गरेको घटनाको महासंघद्वारा भर्त्सना

मिति :२०७५।१०।१३


स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर तथा भिडियो खिचेको भन्दै हिमशिखर टेलिभिजनका विनोद कट्वाललाई हातपात गर्दै लात्ताले हानेर धकेला थिए भने नयाँ पत्रिका दैनिकका अमुल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई दुर्व्यवहार गरेका थिए । प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै पत्रकारलाई हातपात तथा दुर्व्यवहार गरेका थिए ।

स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । प्रहरीबाट भएको यस्ता ज्यादतीले पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर छ । महासंघ प्रहरीद्वारा भएको यो घटनाको कडा भत्र्सना गर्दछ । र, प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोर्‍याउन महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

 

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्