पक्राउ गरिएका सबै पत्रकारलाई तत्काल रिहाइ गर : महासंघ

२०७४।०२।०३
नेपाल पत्रकार महासंघ ललितपुरका कार्यसमिति सदस्य, नेट पत्रिका डटकमका प्रकाशक तथा सम्पादक एवं जनता टेलिभिजनका सम्वाददाता विकास भट्टराई र महासंघ दाङ शाखाका सदस्य तथा जनपाटी अनलाईनमा सम्पादक सुदर्शन मंगोललाई समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ ललितपुर शाखाका अनुसार पत्रकार भट्टराईलाई जेठ २ गते गोरखाको सदरमुकाममा समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पक्राउ गरिएको थियो भने सोही दिन पत्रकार मंगोललाई पनि काठमाडौंको असनबाट पक्राउ गरिएको थियो ।

नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ उक्त कार्यको कडा शब्दमा भत्र्सना गर्दछ । साथै, पक्राउ परेका पत्रकारद्वय लगायत यस अवधिमा पक्राउ गरिएका सबै पत्रकारलाई तत्काल रिहाइ गर्न सरकारसँग जोडदार माग गर्दछ । 


उजिर मगर
महासचिव