कैलालीबाट सञ्चालित दिनेश एफएम कार्यालय तोडफोड गर्नुका साथै त्यहाँका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघकाे अध्ययन टोली त्यसतर्फ जादै

मिति : २०७७।०५।३१

 

केही समययता सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा श्रृंखलावद्ध रूपमा प्रेस स्वतन्त्रता हनन्का घटना भइरहेका छन् । पछिल्लो पटक कैलालीबाट सञ्चालित दिनेश एफएममा केही व्यक्तिहरूको समूह प्रवेश गरी एफएम कार्यालय तोडफोड गर्नुका साथै त्यहाँका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको छ । सोही घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हनन्का घटनाहरूबारे स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघले अध्ययन टोली त्यसतर्फ पठाउने भएको छ । 
महासंघका महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी हुनुहुन्छ । टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्नेछ ।

    
रेमबहादुर विश्वकर्मा

सचिव 

 डाउनलोड गर्नुहोस्