समाचार संकलनका क्रममा प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०६।०२


नेपाल फोटो पत्रकार क्लवका सदस्य चन्द्रबहादुर आले र अनलाइन खवरडटकमकापत्रकार रोयल आचार्यलाई समाचार संकलनका क्रममा प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गर्नेप्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधान दिवसको सन्दर्भमा आज दिउँसो एक अधिवक्तासँग नयाँ बानेश्वरमारिपोर्टिङ गर्ने क्रममा प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले पत्रकारद्वयलाई दुर्व्यवहारगर्दै प्रक्राउको प्रयास गरेको हो ।

स्वतन्त्र रूपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाधरूपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्