महासंघ बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ

मिति :२०७७।०६।२५



नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका सम्वाददाता उत्तम प्रसाँई बेपत्ता भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

 

यही २०७७ असोज १८ गते आइतबार दिउँसो मैतिदेबी स्थित डेराबाट बेपत्ता भएका पत्रकार प्रसाई सोही दिन गजुरीस्थित सिसीटिभी फुटेजमा मोटरसाइकलबाट मुग्लिङतिर गएको देखिएको थियो भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन–नारायणगढ खण्डको ३ नम्बर पुल छेउ हेल्मेट, चावी, मोटरसाइकल सडकछेउमै भेटिनुका साथै २० मिटर तल मोबाइल, चेकबुक लगायतका सामग्री सुरक्षित अवस्थामा भेटिएको थियो ।

 

महासंघ बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।  


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्