पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमाको दुखद निधन भएको प्रति महासंघ स्तब्ध

मिति :२०७७/६/२६

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेकी ममतामयी आमा सोमादेवी कोइरालाको दुखद निधन भएको प्रति नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ९३ वर्षिय कोइरालाको आज ललितपुर स्थीत  आफ्नै निवासमा निधन भएको हो ।
दुःखको यस घडिमा पूर्व अध्यक्ष गाउँले र परिवार जनमा महासंघ गहिरो समवेदना प्रकट गर्दछ । साथै, स्वर्गिय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ ।
स्वर्गिय कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा महासंघ पदाधिकारी र संचारकर्मीहरु सहभागी हुनुभएको थियो ।


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्