पत्रकारमाथि एक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७७।०६।२९
 

सिन्धुपाल्चोकमा निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित स्थानीयको बारेमा समाचार संकलनका लागि पुगेका ३ जना पत्रकारमाथि एक अराजक समुहले गरेको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईलाई २०७७ असोज २७ गते दुर्व्यवहार र हातपात गर्दै पत्रकारको सवारी साधानमा समेत तोडफोडको प्रयास गरेका थिए ।

नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको महासंघको ठहर छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पु¥याउने यस्ता घटनाको कडा भत्र्सना गर्दछ । घटनामा संलग्न समुहको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा निर्वाध र निर्भीक रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातारण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्