महासंघले अन्नपूर्ण दैनिकमा गरेको आन्दोलनका कार्यक्रम फिर्ता

मिति : २०७७ पुस २१

नेपाल न्यूज इन्टरनेशनल प्रालिद्वारा प्रकाशित अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पूर्ववत जिम्मेवारीमा फर्काउने लगायतका माग राखी नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनका सन्दर्भमा २०७७ पुस १९ गते महासंघका सचिवद्वय रामप्रसाद दाहाल र प्रकाश थापाको रोहबरमा भएको सहमती अनुसार महासंघले आन्दोलनका घोषित कार्यक्रमहरु फिर्ता लिएको छ । सहमती अनुसार अन्नपूर्ण व्यवस्थापनले पाँच जना श्रमजीवी पत्रकारहरुलाई उनीहरुको पूर्ववत जिम्मेवारीमा फर्काए पनि हाजिरीमा समस्या उत्पन्न भएकोमा सो समस्याको समाधान गर्दै काममा लगाउने व्यवस्था गर्ने छ । साथै स्वैच्छिक अवकास लिन चाहने पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा–सुविधा उपलब्ध गराउने चैत महिनादेखि बाँकी रहेको तलब उपलब्ध गराउने व्यवस्था समेत अन्नपूर्ण व्यवस्थापनले गर्नेछ । सहमती अनुरुप आगामी ३० दिनभित्र यी सबै व्यवस्था भइसक्ने र सबै पक्षबाट यस सहमतीको पूर्ण पालना हुने कुरामा महासंघ विश्वस्त छ । महासंघको आन्दोलनलाई साथ र सहयोग गर्ने महासंघका प्रदेश समिति, शाखाहरु, एसोसिएट सदस्य, सहयात्री पत्रकार संघ संगठनहरु लगायत सबैलाई महासंघ धन्यवाद व्यक्त गर्दछ ।

 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्