पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना
मितिः २०७७।१०।२३
नेकपा ओली समुहद्वारा आज आयोजना गरिएको आमसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँपत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताबाट भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेकासुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको थियो ।
स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ। र, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्