महासंघका केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न आदेश जारी : महासंघद्वारा आदेशको स्वागत

मितिः २०७८।०१।१०

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बासुदेव बविन शर्मा, उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न भनी जारी गरेको आदेशलाई नेपाल पत्रकार महासंघ सकारात्मकरुपमा लिँदै त्यसको स्वागत गर्दछ ।

समाचारप्रति सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन भैसकेको अवस्थामा पक्राउ र धरपकड गरिनु कानुनविपरीत हुने भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो । अदालतको यो आदेशको सम्मान हुनेमा महासंघ विश्वस्थ छ ।

पत्रकारहरुको यो कानुनी प्रक्रियामा सहयोग गर्नुहुने बरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता लिलामणी पौडेल, अधिवक्ता डा.दिनामणी पोखरेल, अधिवक्ता डा. भिमार्जुन आचार्य, अधिवक्ता भक्तिराम घिमिरे अधिवक्ता लोकेन्द्र वलीसहितलाई महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिका विषयमा समाचार प्रकाशित भएपछि प्रहरीले पक्राउ गर्ने उद्देश्यले केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई खोजतलास गरेपछि महासंघ कानुनी उपचारमा गएको हो ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सधै प्रतिवद्ध छ र त्यसको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्