कोरोना संक्रमणका कारण पत्रकार चौधरीको निधन

 

मिति : २०७८।०१।२९

रौतहटको गरुडास्थित मधेस मसला एफएमका स्टेसन मेनेजर तथा जनकपुर टुडेकास्थानीय सम्वाददाता मनोज चौधरीको कोरोना संक्रमणका कारण ४१ वर्षको अल्पायुमै निधन भएकोदुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । कोरोना संक्रमण पुष्टिभएपछि १२ दिनदेखि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत पत्रकार चौधरीकोआज साँझ उपचारको क्रममा निधन भएको हो ।

रौतहटमा सक्रिय पत्रकारिता गरिरहेका चौधरीको निधनले नेपाली पत्रकारिताक्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय चौधरीका श्रीमती, एकछोरा र एक छोरी छन् ।

महासंघ स्वर्गीय पत्रकार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्तपरिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्तगर्दछ ।

कोरोनाकै कारण हालसम्म १० जना पत्रकारको निधन भएको छ भने ७ सय भन्दाबढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोछ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्णस्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलगर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्