महासंघ मुगु शाखाका पूर्वअध्यक्ष मल्लकाे  निधनकाे  दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०१।३०

नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्वअध्यक्ष सुमन मल्लको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । विगत १ वर्षदेखि मधुमेह र बाथ रोगबाट पीडित मल्लको गएराति १०ः०० बजे मुगुको छायानाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित निवासमा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील मल्ल नागरिक दैनिकको स्थानीय सम्बाददाता हुनुहुन्थ्यो । उहाँले कर्णाली देख्खिन बग्दोछ र सुइना कर्णाली नामक नाटकको लेखन तथा अभिनयसमेत गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय मल्लका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

महासंघ स्वर्गीय पत्रकार मल्लप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्