एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति :२०७८।०२।०७

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य एंव एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

जेठ ४ गते नागरिक समाजका तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार भण्डारीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले तस्बिर खिच्न रोक लगाउँदै दुर्व्यवहार गर्नुभएको थियो ।

सार्वजनिक निकायमा बसेका जिम्मेवार व्यक्तिबाट स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि दुर्व्यवहार गरिनु आफैंमा निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्