नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८/०४/०८ गते
 

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

साउन ७ गते बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा र्सार्वजनिक स्थानमा गरिएको धुम्रपानको विषयमा प्रश्न सोधिएका बेलाा प्रशिक्षक अलमुताइरीले पत्रकारद्वयलाई  दुर्व्यवहार गरेका थिए ।

नागरिकलाई सुसूचित गर्ने पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारमाथि राष्ट्रिय टिमकोे जिम्मेवार व्यक्तिबाट भएको यो कार्य आफैंमा निन्दनीय हुनुका साथै प्रेसको स्वतन्त्रतामाथि आघात पुगेको छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।


रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्