नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य द्वारिका नेपालको ४७ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०७।०१

नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य द्वारिका नेपालको ४७ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । असोज २५ गते पुख्र्यौली घर रौतहटको चन्द्रनिगाहापुर जाने क्रममा बोटोमा बेहोस भएका पत्रकार नेपाललाई भरतपुरस्थित अस्पतालमा उपचारपश्चात थप उपचारका लागि काठमाडौं लगिएकोमा उपचारकै क्रममा असोज ३१ गते आइतबार निधन भएको हो ।

वि.सं. २०५१ सालबाट पत्रकारिता सुरु गरेका पत्रकार नेपालले महासंघको चितवन शाखाको कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधि, प्रदेश सभासद्लगायतका पदमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय कालिका एफएममा कार्यरत पत्रकार नेपालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ । स्वर्गीय नेपालका श्रीमती, एक छोरी र एक छोरा छन् ।

महासंघ स्वर्गीय पत्रकार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव