महासंघका पूर्वसभापति विष्णु निष्ठुरीलाई पितृशोक

मिति : २०७८।०८।१२

नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी र पत्रकार माधव घिमिरेलाई पितृशोक परेको छ । उहाँहरूका पूज्य पिता दधिराम घिमिरेको ९० वर्षको उमेरमा आज बिहान ५ः१५ बजे झापाको बिर्तामोडस्थित निवासमा निधन भएको हो । उहाँ हल्का निमोनिया र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय घिमिरेका तीन छोरा र चार छोरी हुनुहुन्छ । पूर्वसभापति निष्ठुरी स्वर्गीय घिमिरेका जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका पूर्वसभापति निष्ठुरीसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्