प्रतिनिधिसभाको बैठकको समाचार संकलनका लागि गएका पत्रकारहरूलाई संसद् सचिवालयले समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०९।०६

प्रतिनिधिसभाको बैठकको समाचार संकलनका लागि गएका पत्रकारहरूलाई संसद् सचिवालयले समाचार संकलनमा रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मंगलबार चलेको प्रधिनिधिसभाको बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा ‘माथिको आदेश भन्दै सुरक्षाकर्मीले प्रवेश गर्न रोक लगाएका थिए । यसअघि नियमित रूपमा पत्रकारलाई समाचार संकलनमा सहज हुँदै आएको थियो ।

सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारलाई एकाएक समाचार संकलनमा रोक लगाउनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।

..................

रोसन पुरी

महासचिव