शिक्षा पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

२०७३।०३।२७

नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । यस क्रममा रु. ७५,०००।– राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र काठमाडौं उपत्यकालाई १ क्षेत्र मानी ५ विकास क्षेत्रसहित १÷१ जनाका दरले रु. २५,०००।–  राशीको ६ वटा क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी प्रत्येक विकास क्षेत्रबाटै २÷२ जनाका दरले १२ जनालाई जनही रु. १५,०००।– का दरले शैक्षिक लेखनवृत्ति प्रदान गरिने छ भने टेलिभिजनमध्येबाट एक टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिकलाई रु. ४०,०००।– दरले संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पाँच विकास क्षेत्र र उपत्यकाको एक क्षेत्र गरी  ६ वटा एफ एम रेडियोलाई पनि रु. २०,०००।– का दरले संस्थागत पुरस्कार प्रदान गरिने छ ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुने पत्रकारले शिक्षा पत्रकारितामा पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण र २०७२ बैशाख १ गतेदेखि २०७२ चैत्र मसान्तसम्मका कुनै पनि सञ्चारमाध्ममा प्रकाशित÷प्रसारित ३ वटा उत्कृष्ट सामग्री पेश गर्नुपर्नेछ ।

त्यस्तै क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार र लेखनवृत्तिका लागि शिक्षा पत्रकारितामा पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण (द्यष्य(म्बतब) र २०७२ बैशाख १ गते देखि २०७२ चैत्र मसान्तसम्मका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित ५ वटा सामग्रीसहित चाहेको पुरस्कार किटान गरी आवेदन दिन सकिनेछ ।

यसैगरी संस्थागत प्ुरस्कारको हकमा  टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकाबाट २०७२ बैशाख १ गते देखि २०७२ चैत्र मसान्तसम्म शिक्षासम्वन्धी प्रकाशित÷प्रसारित समाग्रीको मूल्याड्कन छनौट समितिले गर्ने–गराउने छ भने एफ एम रेडियोको हकमा प्रदान गरिने ६ वटा संस्थागत पुरस्कारको छनौट र मूल्याड्कन नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजकको संयोजकत्वमा गठनहुने ३ सदस्यीय समितिले गर्नेछ ।

शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुन २०७३  साउन ८ गतेसम्ममा कार्यालय समयभित्र महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंमा वा महासंघको इमेल[email protected] मा आइपुग्नेगरी आवेदन पठाउनु पर्नेछ । माग गरेबमोजिम तोकिएको मितिभित्र प्राप्त नभएका सामग्रीहरुलाई मान्यता दिइने छैन । महासंघ शिक्षा सम्बन्धी विभिन्न पुरस्कार र लेखनवृत्तिको अवसर उपयोग गर्न सम्बन्धित इच्छुक पत्रकारहरु एवम् संचारमाध्यमहरुलाई आह्वान गर्दछ । साथै, यसअघि राष्ट्रिय तथा क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पाएका पत्रकार तथा सञ्चारमाध्यमलाई सोही पुरस्कार प्रदान गरिने छैन ।

शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा छनौट गरिने छ । यससम्बन्धी विस्तृत जानकारीका लागि नेपाल पत्रकार महासंघको वेभ साइट www.fnjnepal.org वा शिक्षा विभागको वेभसाइट www.doe.gov.np मा हेर्नुहुन तथा महासंघ केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

…………..
उजिर मगर
महासचिव