पत्रकार चाँदनी आचार्यलाई समाचारको विषयलाई लिएर मानसिक तनाव दिने, धम्की दिने र प्रशासनिक झमेला दिनेजस्ता कार्य भैरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति :२०७९।०९।२९

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी निवर्तमान उपाध्यक्ष एवं गोरखापत्र दैनिकका कैलाली संवाददाता चाँदनी आचार्यलाई समाचारको विषयलाई लिएर मानसिक तनाव दिने, धम्की दिने र प्रशासनिक झमेला दिनेजस्ता कार्य भैरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

खोज पत्रकारिता केन्द्रले गत फागुनमा प्रकाशित गरेको ‘ब्याजको बोझले सिध्याएको गाउँ’ शीर्षकमा पीडितसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री राष्ट्रिय सञ्चार माध्यमहरूमा समेत प्राथमिकताका साथ प्रसारण भएपछि पत्रकार आचार्यलाई मिटर ब्याजी समूहले मानसिक तनाव दिने, धम्क्याउने तथा प्रशासनिक हैरानी दिनेजस्ता कार्य गरिरहेको महासंघमा जानकारी प्राप्त भएको छ ।

प्रकाशित समाचारप्रति कुनै गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यसप्रकारले धम्की र मानसिक यातना दिने काम अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यमा संलग्नको पहिचान गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

........................

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्