कालीगण्डकी बचाउ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आर.के.अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८०।०४।२४


कालीगण्डकी बचाउ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आर.के.अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

कुनै पनि संस्था वा व्यक्तिलाई प्रश्न सोध्ने तथा खबरदारी गर्ने लोकतान्त्रिक अधिकार हो । तर, त्यसको भाषाशैली सभ्य हुनुपर्छ भन्ने महासंघको मान्यता रहेको छ ।
नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेकोले त्यसको खारेजीको माग गर्दै आइरहेको छ । जुन उद्देश्यले कानुन ल्याइएको हो, त्यही प्रयोजनका लागि मात्र त्यसको प्रयोग गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । अतः पर्वतमा देखिएको समस्यालाई संवाद र विद्यमान अन्य कानुनी प्रक्रियाबाट टुंगोमा पु¥याउन सम्बद्ध पक्षसँग आग्रह गर्दछौं ।

पत्रकारिताको मूल्यमान्यता, आचारसंहिता र साख बुझेका दुवै पक्षले आफ्नो स्वविवेक प्रयोग गरी छलफल र वार्ताकै माध्यमबाट समस्या सुल्झाउन तथा दुवै पक्षबाट भएका कमीकमजोरी सच्याउन महासंघ आग्रह गर्दछ ।

.....................
पवन आचार्य
सचिव

 डाउनलोड गर्नुहोस्