पत्रकारिता क्षेत्रलाई असर पु¥याउने गरी डोटीमा जिम्मेवार राजनीतिक दलका व्यक्तिबाट अनावश्यक टीकाटीप्पणी भइरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८०।०५।०४

केही दिनयता डोटीको पत्रकारिता क्षेत्रलाई असर पु¥याउने गरी जिम्मेवार राजनीतिक दलका जिल्ला नेतृत्व तहमा बसेका तथा स्थानीय निकायका जिम्मेवार व्यक्तिले राजनीतिक आग्रह र पूर्वाग्रही भई सामाजिक सञ्जाफमार्फत अनावश्यक र अमर्यादित टीकाटीप्पणी भइरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार अभिव्यक्त गर्नु र सामाजिक सञ्जालमा उठाएका विषयवस्तुमा टीकाटीप्पणी हुनु व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनै पनि पक्षलाई आघात पुग्ने गरी अस्वस्थ्य र अमर्यादित ढंगबाट सामाजिक सञ्जालमा प्रस्तुत हुनु अत्यन्त निन्दनीय, अशोभनीय र अनुचित काम हो ।

पत्रकार र सञ्चारमाध्यमका सवालमा चित्त नबुझेका कुराहरूलाई वार्ता, संवादका साथै प्रचलित विधि र पद्धतिअनुसार टुंग्याउन सकिने प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै प्रमुख राजनीतिक दलका जिम्मेवार पदाधिकारी र सार्वजनिक पदधारी व्यक्तिबाट सामाजिक सञ्जालमार्फत तुच्छ र धम्कीपूर्ण शैलीमा डोटीको पत्रकारिता क्षेत्रमाथि गरिएको प्रहार प्रेसमाथिको ज्यादती हो । महासंघ व्यक्तिको सामाजिक प्रतिष्ठा र चरित्रमासमेत ठेस पुग्ने यो अभिव्यक्ति तत्काल फिर्ता लिई प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

यसैगरी नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता सौरभ यादवलाई स्थानीय केही युवकहरूले निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । भाद्र १ गते शुक्रबार पत्रकार यादललाई ती युवकहरूले टेलिफोन गरेर सप्तरीको राजविराजस्थित राजदेवी चोकमा बोलाएर निर्घात कुटपिट गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ । कुनै पनि बहानामा पत्रकारमाथि कुटपिट हुनु प्रेसविरोधी काम हो । महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा विशेष ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्